FAQs Complain Problems

संक्षिप्त परिचय

गौतम बुद्धका पिता कपिलवस्तुका तत्कालिन राजा शुद्धोधनको नामबाट नामाकरण गरिएको शुद्धोधन गाउँपालिका कपिलवस्तु जिल्लाको पूर्वी भागमा अवस्थित छ | नेपालको पुनसरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ६ गाउँ विकास समितिहरु पतरिया,नन्दनगर,लवनी,हथिहवा र बासखोरलाई  मिलाएर यस गाउँपालिकाको स्थापनाभएको हो | यो गाउँपालिका एतिहासिक तथा आर्थिक हिसावले परापुर्व काल देखि नै एक महत्वपूर्णविशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ | बुद्धको जन्मस्थल लुम्बिनी र प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जोड्ने राजमार्गको बिचमा रहेको यस गाउँपालिकाको भूभाग समथर तथा उब्जाउ छ |

यस गाउँपालिकाको पूर्वमा रुपन्देही जिल्ला,पशचिममा माया देवी गाउँपालिका ,उत्तरमा बाणगंगा नगरपालिका तथा दक्षिणमा भारत रहेको छ | यस गाउँपालिकाको क्षेत्रफ़ल ९१.९९ वर्ग किलोमिटर छ |